मनकामना दर्शन प्रा.लि.द्धारा फोहोर व्यवस्थापनका लागि १ थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

काठमाडौं/ मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि १ थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर उपलब्ध गराएको छ ।

कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उक्तट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरे । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिती थियो ।

सामग्रि हस्तान्तरण गर्दै कम्पनीका निर्देशक श्रेष्ठले आफूहरु सदैब सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहेको बताए । उनले हस्तान्तरण गरिएको ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक प्रभाव पार्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज