काठमाडौँ /राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बुधबार धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै नियम संशोधन गर्दै यस्तो नयाँ व्यवस्था गरेको हो ।यो नयाँ नियम अनुसार ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन पाउने छैनन् ।
राष्ट्र बैंकको नयाँ निर्देशिका अनुसार, ‘अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट ९लघुवित्त वित्तीय संस्था समेत० कर्जा लिए नलिएको यकीन गर्नु पर्नेछ ।’