काठमाडौँ / बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।
सरकारले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।
‘बैंकरवित्तीय संस्था तथा सहकारी संस्था लक्षित गरेर उत्शृङखल, अराजक र अवाञ्छित गतिविधि हुनसक्छ, त्यसप्रति सजग रहन र कसैले कानुन हातमा लिएको छ भने कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।