पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली लागू भएपछि आज देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।
विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइएको छ । बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थले जनाएको छ ।