काठमाडौँ / सरकारले रासायनिक मल खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएको छ । अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्ने भएको छ ।
यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९.०४ प्रतिशत कायम भएको छ ।सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाए पछि रसायनिक मलमा किसानले पाउँदै आएको अनुदान घट्ने भएको हो ।
मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ पर्नेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रासायनिक मलमा सरकारले अहिले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँ बिक्री प्रयोजनको लागि तोकिएको छ। यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो ।