एजेन्सि/ अमेरिकामा सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि राज्य नियामकहरूले न्यूयोर्क(आधारित सिग्नेचर बैंक पनि बन्द गराएका छन्।
अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन् ।ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्द भएको घोषणा गरेका हुन्।
यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैक भएको घोषणा गरेका हुन्। यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो ठूलो असफलता हो।
सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये एक हो। धितोपत्र फाइलिङ अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११० दशमलव ४ बिलियन र कुल डिपोजिट ८८ दशमलव ६ बिलियन थियो।
सिग्नेचर बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो। यो बैंक सन् २००१ मा खोलिएको थियो।
यो सँगै अमेरिकामा पछिल्लो एक सातामा तीन वटा बैंक बन्द भएका छन्। शुक्रबार सिलिकन भ्याली बैंक बन्द हुनु अगाडि मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएको थियो।
आइतबार सिग्नेचर बैंक बन्द हुनु इतिहासकै तेस्रो ठूलो बैंकिङ असफलता हो। यसअघि आइतबार २०९ बिलियनको सम्पत्ति भएको सिलिकन भ्याली बैंक र सन् २००८ मा ३०७ बिलियन सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएका थिए।