काठमाडौँ / दुग्ध विकास संस्थान (डीडीसी) ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढाएको छ ।
सरकारले केहि दिन अगाडी मात्रै दूधको मूल्य बृद्धि गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको पालना गर्दै संस्थाले दूधको मूल्यमा भारी बृद्धि गरेको हो । डीडीसीले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको बताउँदै मूल्य बृद्धि गरेको जनाएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव झाका अनुसार बुधबारदेखि नै दूग्ध किसानलाई बढेको मूल्य दिइएको छ ।
डीडीसीले बजारमा विक्रि गर्दै आएको स्टान्डर्ड दूध ९निलो प्याकेटको० मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ । यो दूध प्रतिलिटर ८६ रुपैयाँमा विक्रि हुँदै आएको थियो । त्यसैगरी गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढेर ११६ रुपैयाँ पुगेकोछ । डीडीसीले क्रिमयुक्त दूध ९हरियो प्याकेट०को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ पुर्याएको छ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।
दूधको मूल्य बढेसँगै उपभोक्ताले डीडीसीका अन्य उत्पादन पनि महंगो मूल्यमा किन्नु पर्ने भएको छ । अन्य उत्पादनको मूल्य एक दुइ दिनमै सार्वजनिक हुने बताइएको छ ।