राष्ट्रिय गौरवका आयोजना कछुवा गतिमा

काठमाडौं / आर्थिक वर्ष २०६४/६५ बाट निर्माण कार्य सुरु भएको यस आयोजनाको भौतिक प्रगति ६४.१६ प्रतिशत छ भने वित्तीय प्रगति ६९.७९ प्रतिशत भएको छ । ३३ अर्ब ३६ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड पुगेको छ । यस आयोजनामा हालसम्म ५८ अर्ब ८५ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ६ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०६६÷६७ बाट निर्माण सुरु भएको यस आयोजनाको निर्माण सम्पन्न चालू आर्थिक वर्षमा गर्नुपर्ने समयसीम छ । यस आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।

गैँडाकोट राम्दी मालुङ्गा सडकखण्ड र बेनी जोमसोम सडकखण्ड गरी दुई खण्डमा काम भइरहेको छ । करिडोरको समग्र भोतिक प्रगति ५६. १७ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५४.६७ प्रतिशत भएको छ । यस आयोजनाका लागि २४ अर्ब लागत अनुमान राखिएको छ ।यस आयोजनामा हालसम्म ७ अर्ब ७८ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ३ अर्ब ६३ करोड रकम विनियोजन भएको छ ।

आर्थिक वर्ष २०६८/६९ बाट निर्माण सुरु भएको यस आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत प्रगति भएको छ भने वित्तीय प्रगति ४१.९२ प्रतिशत भएको छ । १६ अर्ब ४३ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर ३६ अर्ब ८० करोड पुगेको छ । यस आयोजनाका लागि १५ अर्ब ४३ करोड रकम खर्च भएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब ७ करोड रकम विनियोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज