कवि र उपन्यासकार ग्योर्गी फालोदी आठ वर्षको अनुपस्थिति पछि १९४६ मा हंगेरी फर्केपछि उनले हंगेरीलाई युद्धले पूर्ण रूपमा खस्किएको देश भेट्टाए । राजधानी बुडापेस्टमा उनी जन्मेका र हुर्केका थिए, भग्नावशेषको थुप्रोमा परिणत भइसकेको थियो, भग्नावशेष भवनहरू र त्यसमा गाडिएका शवहरू ।
तर त्यहाँ केही अन्य परिवर्तनहरू पनि थिए जुन कम देखिन्थ्यो । उहाँ फर्केको केही समयपछि, उनका प्रकाशकले उनलाई पुस्तकको सट्टामा ३०० अरब पेन्गो दिए । पेङ्गो त्यो समयमा देशमा प्रचलित मुद्रा थियो । देख्दा वा सुन्दा धेरै पैसा जस्तो लाग्छ, तर त्यो रकमले एउटा कुखुरा, दुई लिटर तेल र केही तरकारी मात्रै किन्न पाइयो । अनि दिउँसोसम्म त्यो पैसा खर्च गरेन भने पछि त्यति सामान पनि आउदैनथ्यो । त्यतिबेला हंगेरी इतिहासकै सबैभन्दा डरलाग्दो मुद्रास्फीतिको सिकार भएको थियो र उच्चतम मुद्रास्फीति दर करोडौं प्रतिशतमा थियो । यसको मतलब दैनिक जीवनमा चीजहरूको मूल्य प्रत्येक घण्टा दोब्बर हुन्थ्यो ।
मुलुकको मासिक मुद्रास्फीति ५० प्रतिशत रहेकोमा अर्थविज्ञहरूले यसलाई ‘ब्याङ’ भनेका छन् ।लाखौं हंगेरीहरूले आफ्नो ज्याला र जीवनस्तर घटेको देखे र यसले धेरैलाई बाँच्नको लागि नयाँ संघर्षमा धकेल्यो । देशमा मुद्रास्फीतिको आँधी नियन्त्रण हुँदासम्म देशमा चल्ने सबै पेन्गोको मूल्य एक अमेरिकी सेन्टभन्दा कम रह्यो ।अहिले विश्वका विभिन्न भागहरूमा मुद्रास्फीतिको बारेमा धेरै मानिसहरू चिन्तित भएकाले इतिहासको सबैभन्दा खराब मुद्रास्फीति के कारणले भयो र यसबाट के सिकियो भनेर सोध्नु सान्दर्भिक छ ।
अन्य युरोपेली देशहरू जस्तै, हंगेरीले दोस्रो विश्वयुद्धको प्रभावबाट ग्रस्त थियो, जसमा यसले प्रारम्भमा विश्व शक्तिहरूको पक्ष लियोे, यहाँसम्म की सोभियत संघमा १९४१ को भएको आक्रमणमा हंगेरीले पनि भाग लिएको थियो ।यद्यपि, १९४२ मा, जर्मनीले युद्ध हार्नेछ भन्ने लाग्न थालेपछि, यसका नेताहरूले सहयोगीहरूसँग गोप्य वार्ता गर्न थाले, र एडोल्फ हिटलरले यो थाहा पाए र मार्च १९४४ मा आक्रमण गरे र त्यहाँ नाजी सरकार स्थापना गरे ।
इन्डियाना युनिभर्सिटीको ह्यामिल्टन लोगर स्कूलका प्रोफेसर लास्ज्लो बोर्ही भन्छन्, ‘यसको नतिजा भयानक भयोे र ४ लाख ३७ हजार हंगेरी यहूदीहरूलाई अशविट्समा निर्वासन गरियो । त्यसपछि हंगेरी, जर्मनी र सोभियत संघको युद्धभूमि बन्यो । त्यसपछि बुडापेस्टले युद्धको ठूलो घेराबन्दीको सामना गर्नु पर्यो ।
द्वन्द्व र युद्धपछि देशको अर्थतन्त्र धराशायी भयो । जर्मनहरूले एक अर्ब डलरको सामान देश बाहिर लगेका थिए । देशका आधाभन्दा बढी उद्योग ध्वस्त भएका थिए् भने बाँकी ९० प्रतिशत उद्योग उठनै नसक्ने अवस्थामा पुगेका थिए । अधिकांश रेल प्रणाली र लोकोमोटिभहरू नष्ट भएका थिए र बाँचेकाहरूलाई नाजीहरू वा सोभियत संघले कब्जामा लिएका थिए । बुडापेस्टको ड्यानुबमाथिका सबै पुलहरू ध्वस्त भएका थिए र देशका अधिकांश सडकहरू ध्वस्त भएका थिए ।
बुडापेस्टका ७० प्रतिशत भवनहरू पूर्ण वा आंशिक रूपमा भग्नावशेषको थुप्रो थिए । देशमा उत्पादन ६० प्रतिशतले घटेको थियो । ‘व्यापक रूपमा भन्नुपर्दा, देश अनिकालको डिलमा थियो, र तैपनि यसले सोभियत सेनाका लाखौं सीपाहीहरूलाई खुवाउनु परेको थियो,’ बोर्ही भन्छन् ।
योभन्दा बढी, हंगेरीले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दा सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकियालाई क्षतिपूर्तिस्वरूप ३० करोड डलर (आजका अनुसार चार अर्ब डलरभन्दा बढी) दिने सहमति भएको थियो ।यी सबैको बाबजुद पनि उनलाई हंगेरीका नागरिकहरूलाई सहयोग गर्न र देशको पुनस्थापनाका लागि कुनै ऋण दिइएन ।
क्यानडाको विल्फ्रेड लरेन्स युनिभर्सिटीका अर्थशास्त्रका प्रोफेसर पिटर स्लोस भन्छन्, ‘हंगेरी सरकार गम्भीर संकटमा थियो र केही सहयोग उपलब्ध गराउने प्रयास गर्नु आवश्यक थियो, तर परम्परागत रूपमा कर उठाउन सघाउने पूर्वाधार थिएन ।’
कुनै पनि कर आधार बिना, हंगेरी सरकारले देशको अर्थतन्त्र सक्रिय राख्न पैसा छाप्ने निर्णय गर्यो, र यसका लागि नोटहरू छाप्न प्रयोग हुने मसी आयात गर्नुपर्यो । यी नयाँ नोट छापेपछि सरकारले जनतालाई प्रत्यक्ष रोजगारी दिएको थियो, नागरिकलाई ऋण र पैसा दिएको थियो । बैंकहरूले न्यून ब्याजदरमा कर्जा दिएका थिए्, जसले मुलुकमा व्यापार गर्न मद्दत गरेको थियो । देशमा पैसा प्रसस्त भए पनि हंगेरी मुद्राको मूल्य धेरै तल गयो ।
२० औं शताब्दीमा, पहिलो विश्वयुद्ध पछि, हंगेरीमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न अपनाइएको मुद्रा पेन्गोको मूल्य द्रुत रूपमा घट्न थाल्यो ।मुद्रास्फीति दर यति उच्च थियो कि स्थानीय मुद्राको मूल्यमा शून्य बढ्दै गयो । यसको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि सन् १९४४ मा हंगेरीमा सबैभन्दा ठूलो नोट १ हजार पेन्गो थियो र सन् १९४५ को अन्त्यसम्ममा देशमा एक करोडको नोट आइसकेको थियो ।
यो क्रम जारी रह्यो र त्यसैगरी मुद्राको मूल्य एक करोडबाट १० करोड, १० करोडबाट एक अर्ब र त्योभन्दा पनि बढ्यो । चाँडै बी पेन्गो देशमा ल्याइयो जसको मूल्य १० ट्रिलियन बराबर थियो । यो क्रम बढदै गयो । जब नेशनल बैंक अफ हंगेरीले ११ जुलाई १९४६ मा १ हजार ट्रिलियनको नोट जारी गर्यो, यो विश्वको इतिहासमा जारी गरिएको सबैभन्दा ठूलो नोट थियो ।
हंगेरीको नेशनल बैंकले पनि १० हजार ट्रिलियनको नोट छापेको थियो, तर त्यो कहिल्यै जारी भएन । यससँगै हुलाक र कर भुक्तानीका लागि देशमा विशेष मुद्रा अडा पेङ्गो पनि लागू गरिएको थियो । मुद्रास्फीतिको कारण, यसको आर्थिक मूल्य हरेक दिन रेडियोमा घोषणा गरिएको थियो ।
जनवरी १, १९४६ मा एक अडा पेन्गोको मूल्य एक पेन्गो बराबर थियो, तर सोही वर्षको जुलाईको अन्त्यमा यसको मूल्य बढेर २० लाख अर्ब पुगेको थियो । यो कसरी समाप्त भयो ?
मुद्रास्फीतिको शिखरमा पुग्दा हंगेरीमा मूल्यहरू प्रत्येक दिन १.५ लाख प्रतिशतले बढिरहेको थियो । यसरी प्राप्त आम्दानीको क्रयशक्ति धेरै हदसम्म समाप्त भइसकेको र नयाँ मुद्राले मात्रै देशको आर्थिक अवस्था सुदृढ हुने भएकाले सरकारले कर उठाउन रोकेको थियो ।
अगस्ट १, १९४६ मा, हंगेरीले गिल्डर नामक मुद्रा सुरु गर्यो, जसको मूल्य पहिलेको मुद्रा भन्दा लाखौं गुणा बढी थियो । बोर्ही भन्छन्, ‘मेरो आमाबुवाले सफा गर्नेहरूले आफ्नो तलब फोहोरको टोकरीमा फालिदिएको देखेको याद छ ।’ बोर्ही भन्छन्, ‘मानिसहरूले प्यांगोहरू बेकार भएकाले फ्याँकिदिए ।’‘हामीसँग भएको थोरै पैसा पनि खेर गयो र सकियो । मानिसहरूले आफ्नो पूँजी गुमाए र सुन्यबाट सुरु गर्नुपर्यो ।’ तर, यससँगै मुद्रास्फीतिको लहर एकै रातमा समाप्त भएको देखिन्छ ।
श्लोस भन्छन्, ‘योजना तयार गर्न केही महिना लाग्यो । सरकारले अनाजको भण्डारण गरेको थियो ताकि नयाँ मुद्रा ल्याइँदा कम्तीमा केही बजारमा अन्न उपलब्ध होस् र जनताले यी सुधारहरू उपयोगी छन् भनी सोचून् ।’
‘यस बाहेक, सुधार अघिका हप्ताहरूमा, मुद्रास्फीति करमा निर्भरता समाप्त हुने तथ्यमा जनतालाई तयार गर्ने प्रयास पनि गरिएको थियो, वस्तुको मूल्य अन्य चीजहरूको मूल्यले निर्धारण गर्दैन, र यी नीतिहरू भविष्यमा लामो समयसम्म जारी रहनेछ ।’
उनी भन्छन् कि यी चीजहरूले जनतामा यति धेरै विश्वास पैदा गर्यो कि गिल्डरले यसको मूल्य कायम राख्न सक्यो र, बिस्तारै अन्ततः आर्थिक गतिविधिहरू उठ्न थाले ।
विश्वासको पुनस्थापनामा महत्वपूर्ण भूमिका हंगेरीको नेशनल बैंकले राखेको सुनको भण्डारले खेलेको थियो । टोम्का भन्छन् कि यसलाई युद्धको अन्तिम चरणमा देशबाट बाहिर लगिएको थियो ताकि सोभियत सेनाले यसलाई कब्जा गर्न नसकोस् । र यसलाई अमेरिकाले कब्जा गरेको अस्ट्रियाको इलाकामा पु¥याइएको थियो ।
‘१९४६ मा, हंगेरी सरकारको एक प्रतिनिधिमण्डल औपचारिक भ्रमणमा वाशिंगटन गयो, र राष्ट्रपति ट्रुम्यानले हंगेरी जनतालाई सद्भावना संकेतका रूपमा पूर्ण रूपमा सुन फिर्ता गर्न सहमत भए ।’ देशमा यो सुन फिर्ता हुनु एक ठूलो घटना थियो जुन त्यस वर्षको अगस्त ६ मा एसोसिएटेड प्रेस द्वारा समाचार बनाइएको थियो ।
‘एडोल्फ हिटलरको पूर्व निजी रेल आज यहाँ आइपुग्यो ३० लाख डल् मल्यको सुन, जुन हंगेरीको नयाँ आर्थिक संरचनालाई सहयोग गर्न हंगेरी नेशनल बैंकको कुल कोष थियो ।’
त्यो ट्रेनमा बिस्कुट र सिक्काको रूपमा २२ टन सुन थियो र यसलाई निकै कडा सुरक्षा र गोप्यताका साथ जर्मनीबाट ल्याइएको थियो । शत्रु देशको सबै आर्थिक सम्पत्ति फिर्ता भएको इतिहासमै यो पहिलो पटक होे ।
हंगेरीका शासकहरूले सुनको शतप्रतिशत फिर्ताले आफ्नो देशको चकनाचुर अर्थतन्त्रलाई बचाउने आशा व्यक्त गरे । यसले मानिसहरूलाई आफ्नो नयाँ मुद्रामा विश्वास दिलायो ।
अर्कोतर्फ केन्द्रीय बैंक आत्मनिर्भर बन्दै गएको थियो र नोट जारी गर्ने अधिकार सीमित भएको थियो । बैंकहरूलाई शतप्रतिशत सञ्चिति राख्ने आदेश दिइयो, करहरू धेरै बढाइयो र निजामती कर्मचारीहरूको संख्या पनि उल्लेखनीय रूपमा घटाइयो । यस पछि, गिल्डर ६० को दशकमा यस क्षेत्रको सबैभन्दा बलियो मुद्रा बन्यो ।
तर यो भुल्नु हुदैन कि कि १९४६ सम्म, हंगेरी को राजनीतिक र आर्थिक परिदृश्य पूर्णतया सोभियत संघको प्रभावमा थियो । बोर्ही भन्छन् कि मेमा हंगेरी कम्युनिष्ट पार्टीका नेताले मुद्रालाई बलियो बनाउन स्टालिनको प्रणालीको आंशिक नक्कललाई अनुमति दिए । (बिबिसीबाट)