प्रमाणपत्र नवीकरण नगर्दा निगमले मंगलबारदेखि मलेसिया उडान भर्न नपाउने

काठमाडौँ /फरेन एयर अपरेटर सर्टीफिकेट ९एफएओसी नवीकरण नगरेका कारण नेपाल वायुसेवा भएको छ ।

निगमले मलेसिया उडानका लागि त्याहाँको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टीफिकेट ९एफएओसी० समयमै नवीकरण नगरेका कारण त्यहाँ गर्दै आएको नियमित उडान गर्न नपाउने भएको हो ।

सिभिल एभिएसन अथोरीटी अफ मलेसियाले निगमलाई एफओसी प्रमाणपत्र नवीकरण गर्न इमेलमार्फत पत्राचार गरेको पनि सम्बन्धित पदाधिकारीले ध्यान नदिएका कारण बुधबारमात्रै नवीकरणको प्रक्रिया थालिएको छ । मलेसियाले नवीकरणको काम सम्पन्न भएको जानकारी दिएपछि मात्रै नियमित उडान शुरु हुने निगम श्रोतले बताएको छ ।

मलेसियासँग सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता भएपनि निगमले सातामा ५ उडान गर्दै आइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज