करोडौंका सामानसहित २० वटा कन्टेनर नियन्त्रणमा

काठमाडौँ / राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान विभागले २० वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।

विभागले विशेष सूचनाका आधारमा नयन्त्रणमा लिएका कन्टेनरमा तयारी कपडा, जुत्ता, हार्डवेयर, कस्मेटिक, टायल, ब्लाङ्केट, चामललगायतका सामान रहेका छन् ।यसरी नियन्त्रणमा लिइएकामा दुईवटा भारतीयसहितका ट्रक रहेको विभागले जनाएको छ । विभागका अनुसार सामान आयातका क्रममा राजस्व छलीको आशंकामा ती ट्रक नियन्त्रणमा लिइएको हो । ती ट्रक छानबिन गरेर छाड्ने वा मुद्दा चलाउने निर्णय हुने बताइएको छ ।

१० दिन अगाडी विभागले ती कन्टेनर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका कन्टेनरहरू पुल्चोकस्थित विभागको हातामा राखिएको बताइएको छ ।

ती कन्टेनर वीरगन्ज, विराटनगर, भैरहवा, रसुवा भन्सारबाट काठमाडौं आउने क्रममा बाटैबाट र केही चोभार सुख्खा बन्दरगाहबाट नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज