घट्यो हवाई भाडा

काठमाडौँ / नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडा अर्न्तगत फ्युल सरचार्जको दर घटाएका छन् । फ्युल सरचार्ज ५.९ प्रतिशले घटाइएपछि हवाई भाडा पनि घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार फ्युल सरचार्ज घटेपछि सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा ४ सय ४० रुपैयाँ र सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ हवाई भाडा घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज