काठमाडौँ / मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचना जारी गरेको छ ।