बजेट अधिवेशन आजबाट शुरु

काठमाडौँ/ संघीय संसद्को बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ । आर्थिक वर्षको बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि नै वार्षिक नीति तथा कार्यक्रम संसदमा पेस हुनेछ । बजेटपूर्वको छलफल वैशाख २७ सम्ममा सक्ने सरकारले योजना बनाएको छ ।

संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आउँदो अधिवेशनलाई प्रभावकारी बनाउन शुक्रबार राजनीतिक दलहरूका प्रमुख सचेतकहरूसँग छलफल समेत गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज