घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । जसअनुसार बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज