थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन

काठमाडौं/ सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ । अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पारेको उक्त पुस्तक काठमाडौंमा एक कार्यक्रमकावीच वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गरे ।

उक्त अवसरमा वरिष्ठ अधिवक्ता भण्डारीले हरेक व्यक्तिको जीन्दगीका भोगाइहरू फरकफरक हुने बताए । उनले लेखक शर्माको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउँदै भने, “आफूले केही कुरा सिक्नका लागि अर्कालाई केही कुरा सिकाउनुपर्छ, काम गरेसँगै दाम र नाम कमाउन सकिन्छ, असल काम गरौँ, मेहनती बनौँ ।”

पुस्तकको समीक्षा गर्दै डा. कविन्द्रप्रसाद सापकोटाले लेखकले पुस्तकमार्फत आफ्नो बाल्यावस्था, किशोरावस्था र जागिरको समयका भोगाइलाई पुस्तकमार्फत प्रस्तुत गरेको बताउए। आफ्नो जीवनको घटना परिघटनालाई समावेश गरी लेखिएको पुस्तक नयाँ पुस्ताका लागिसमेत सहयोगी बन्ने उनको भनाइ छ ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तकमा शर्माले आफ्नो जिन्दगीलाई निरन्तर प्रवाहमा अनुशासित ढङ्गले व्याख्या गरेको बताउँदै हरेक व्यक्तिको कथा, निबन्ध, नाटक बन्ने भनाइ राखे । पुस्तकका लेखक शर्माले आफ्नो जीवनमा भएका नयाँ अनुभवलाई पुस्तकमार्फत आमपाठकमाझ ल्याएको बताए । पाँच खण्डमा विभाजित उक्त पुस्तक तीन सय ६४ पृष्ठको रहेको छ । उक्त पुस्तकको मूल्य रु छ सय ५० राखिएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज