१०औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न, ‘फोर नाइट्स’ र ‘आग्रे’ उत्कृष्ट

काठमाडौँ /१० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दीपक रौनियार निर्देशित लघु फिल्म ‘फोर नाइट्स’ले नेपाल पानारोमातर्फ उत्कृष्ट फिक्सन फिल्मको अवार्ड जितेको छ । डकुमेन्ट्री विधातर्फ भने अनिल बुढामगर निर्देशित फलाम खानीमा काम गर्ने एक वृद्धामाथि आधारित आग्रे (आइरन डिगर)ले उत्कृष्ट घोषित भयो । रौनियार र मगरले उत्कृष्ट फिक्सन र उत्कृष्ट डकुमेन्ट्रीबाट नगद ५० हजार प्राप्त गरेका छन् ।

त्यस्तै, बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट सावित भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट ठहरियो । दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार प्राप्त गरे ।

महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेजु, सुनिल न्यौपानेको ुडेथ्स अनएक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मन फिल्ममेकर सेन्गिज अकेगनको ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशनमा बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज