पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दियो

तनहुँ /नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले सफाइको फैसला सुनाएको हो ।

तनहुँ अदालतले सफाईको दिए पनि शाह विरुद्ध सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएको र नवलपुर अदालतले उनलाई भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएका कारण उनी तत्काल रिहा भने हुने छैनन् । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने बताइएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको हो । शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज