मिस नेपाल २०२३ को लागि आवेदन खुला

काठमाडौं/मिस नेपाल २०२३ को लागि आवेदन खुला गरिएको छ । मिस नेपालको आयोजक हिडन ट्रेजरले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुल्ला गरिएको जानकारी दिएको हो।

मिस नेपाल २०२३ मा सहभागि हुन चाहानेले चैत १ गतेसम्म आवेदन दिनसक्ने आयोजक संस्थाले जनाएको छ । नेपाली नागरिकता र नेपाली पासपोर्ट भएको ५ फिट ३ इञ्ज उचाइ भएकी १७ देखि २७ वर्षीया नेपाली युवतीहरुले आवेदन दिन सक्ने बताइएको छ । २०८० को जेठ १३ मा मिस नेपाल २०२३ को ग्राण्ड फिनाले हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज