काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।
बिहिबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमकावीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीलाई प्रधानमन्त्री दाहालले सपथ ग्रहण गराउनु भएको हो ।