काठमाडौँ / जबर्जस्ती करणी अभियोग लागेका कलाकार पूर्णविक्रम शाह ९पल शाह०विरुद्ध अभियोगमा दाबी नपुगेको भन्दै उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको छ । अदालतको यो फैसलासँगै सोमबार शाह थुनामुक्त हुने भएका छन् ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।