चलचित्र काँडेतार प्रदर्शनमा रोक

काठमाडौं / सीमा समस्या विषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘काँडेतार’ केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले रिलिजको अुनमतिमा रोक लगाएको छ । यस चलचित्र सेन्सर बोर्डले सेन्सर पास गरेको छैन । सिनेमाका थुप्रै दृश्य नकाटेसम्म सेन्सर पास गर्न नसकिने बोर्डले जनाएको छ । सेन्सर बोर्डले सम्बन्धित दृश्य नहटाएसम्म सेन्सर पासको प्रमाणपत्र नदिने जनाएको छ ।

यस चलचित्रका विभिन्न संवाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नुपर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको यो चलचित्रका निर्माता एवं अभिनेता नवल खड्काले बताएका छन् । सिनेमा प्रदर्शनी अनुमति नदिएको’ निर्माता खड्काले भने, ‘यस सेन्सर बोर्डसँगको अनौपचारिक, औचारिक कुरामा कुनै पनि दृश्य र संवादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न मैले अनुरोध गरेको छु । आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावना बुझी काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छौं ।’

निर्माता अभिनेता खड्काले सेन्सरको प्रमाणपत्र नदिएको खण्डमा न्यायका खातिर आफू अदालत जाने, जनता, दर्शक साथ, सहयोग माग्ने बताएका छन् ।अभिनेता खड्काले सीमा सुरक्षित हुनुपर्छ भन्ने आवाज यो फिल्ममा उठाएको बताएका छन्, ‘कुनै पनि दृश्य वा संवाद नकाटिकनै जस्ताको त्यस्तै दर्शकसामु पु¥याउनुपर्छ भन्ने हाम्रो माग रहेको छ,’ खड्काले दर्शकलाई आश्वस्त रहन अनुरोध गर्दै आपूmले सिनेमामा जायज कुरा मात्र उठाएको बताएका छन् ।

अभिनेता खड्काको यसअघिको चलचित्र भिमदत्त र दशगजालाई पनि सेन्सरले रोकेको थियो । ती दुवै सिनेमाको लामो कसरतपछि बल्ल सेन्सर भएको थियो । अहिलेको चलचित्र काँडेतारलाई सेन्सरले भनेअनुसारको दृश्य काट्ने हो भने देखाउनुपर्ने विषय केही बाँकी नरहने खड्काले बताएका छन् । यस चलचित्रलाई शिवम् अधिकारी र नवल खड्काको लेखेका हुन् । चलचित्र सेन्सर पास भएपछि मात्र रिलिज मिति तय गर्ने पनि उनले बताए ।

काँडेतार चलचित्रका निर्माता माकिको राई र अन्जु केसी रहेका छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको संगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।

चलचित्रमा नवल खडकासँगै, गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास, नादिया खड्का र सनया खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज