नर्वेली लेखक फसलाई नोबेल साहित्य पुरस्कार

काठमाडौँ । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो ।

एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई नवीन नाट्य तथा निबन्धबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ । एकेडेमीका अनुसार फसको शैलीलाई फस मिनिमलिज्मु भनेर समेत चिनिने गरेको छ । वेकफुलनेसु, मेलांकोलिया, मेलांकोलीु, सेप्टोलोजीु लगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ, योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ ।

नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले लेखकीय साहसका लागि अर्नोलाई साहित्य पुरस्कार दिएको बताएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज