कृषि विश्वविद्यालयमा आन्दोलन, चार दिन देखि ताला बन्दी 

 चितवन/प्रवेश परीक्षाको अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना त्रुटिपूर्ण रहेको भन्दै चार विद्यार्थी सङ्गठनले आइतबारदेखि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएर आन्दोलन गरिरहेका छन् । विश्वविद्यालयले प्रकाशन गरेको कृषि सङ्कायको सूचना त्रुटिपूर्ण भएको भन्दै त्यसलाई सच्याउन माग गर्दै विभिन्न पाँच बुँदे माग राखेर विद्यार्थीहरूले तालाबन्दी गरेका हुन । 

विद्यार्थी संगठनको निरन्तरको आन्दोलनपछि विश्वविद्यालयले प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ लाई सच्याइसकेको छ । तर, ताला भने अझै खुलेको छैन । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु (छैँटौँ) ले ११ मङ्सिरमा विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।

केन्द्रीय कार्यालयसँगै विद्यार्थीले कृषि संकाय र परीक्षा नियन्त्रणको कार्यालयमा समेत ताला लगाएका छन् । अन्योलपूर्ण र अवैज्ञानिक रूपमा कृषि सङ्कायको प्रवेश परीक्षा लिन लागिएको उनीहरूको आरोप छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज