काठमाडौं/लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
कम्पनीले माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उहाँको स्मृतिमा प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा स्व. राणाको जीवनी र राणाले देशलाई पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो । बौद्ध धर्मगुरु तथा भिक्षुहरुले राणाको सत्कर्मको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै पुण्यानुमोदन गरेका थिए।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन. पि. प्रधान लगायतका कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।