भाटभटेनी मन्टेश्वरीले प्यारेन्ट्स डे र ग्रेजुएसन सेरोमनि मनायो

काठमाडौं / चाँगुनारायण नगरपालिका २ मा रहेको भाटभटेनी मन्टेश्वरीले शनिवार प्यारेन्ट्स डे र ग्रेजुएसन सेरोमनि विषेश कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शहरी विकास मन्त्री तथा हालका संघीय सांसद मेटमणि चौधरीले बालबालिकाको प्राथमिक संस्कार सिकाउन परिवारको महत्वपूर्ण भूमिका रहेपनि ज्ञान दिने र भविष्य बनाउने कुरामा प्रि स्कूलहरूको महत्वपूर्ण भूमिका रहने गरेको बताए ।

कार्यक्रममा बोल्दै सांसद चौधरीले भाटभटेनी मन्टेश्वरीले पनि स्थानीय बालबालिकालाई रमाइलो तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्दै उदाहरणीय काम गरेको बताए । भविष्यमा पनि यो विद्यालयको अझ प्रगतिको कामना गर्छु, उनले भने ।

कार्यक्रममा प्रि स्कुलहरुको छाता संगठन अपेनका अध्यक्ष बद्रि प्रसाद दहालले प्रि स्कुले कक्षा कोठालाई रमाइलो बनाएर बालबालिकालाई शिक्षा र सिप सिकाउने भएकाले यो एकदमै चुनौतीपूर्ण रहेको बताए । बालबालिकाको समग्र विकासका लागि खेलकुद समेत महत्वपूर्ण रहेको बताउँदै उनले स्थानीयस्तरमा बालबालिका मैत्री खेलमैदान र पार्कहरू बनाउन सरोकारवालाहरूकोध्यानाकर्षण समेत गरे ।

चाँगुनारायण नगरपालिका वडा नं २ का अध्यक्ष सोम प्रधानले निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदान निकै महत्वपूर्ण र सराहनीय रहेको बताउँदै सरकारी विद्यालयहरूले पनि यस्ताकुरालाई आत्मासाथ गर्नुपर्ने बताए । भाटभटेनी मन्टेश्वरीले आफ्नो वडाको शैक्षिक क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउँदै वडाध्यक्ष प्रधानले भविष्यमा पनि मन्टेश्वरीले आफूलाई अब्बल स्थानमै कायम राखोस भनि शुभकामना दिए ।

विद्यालयका प्रिन्सिपल अनिता कार्कीले स्थानीय अभिभावहरूले देखाएको माया र सद्भावले भाटभटेनी मन्टेश्वरी अहिलेको स्थानमा आइपुगेको बताउँदै आफूहरु सदैव गुणस्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन कटिबद्ध रहेको बताइन् ।

कार्यक्रममा मन्टेश्वरीका बालबालिकाहरुले गित, नृत्य तथा विभिन्न प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी लगायतको उपस्थिती थियो । कार्यक्रम भाटभटेनी मन्टेश्वरीका अध्यक्ष अनिल आचार्यको सभापत्तित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज