हाम्रो सामाजिक सक्रियता: बुद्धनगर आधारभूत विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठानबीच सहकार्य

कामनपा वडा नं १० बुद्धनगरमा अवस्थित बुद्धनगर आधारभूत विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठानबीच विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहकार्यको सुरुवात भएको छ ।

सामाजिक अभियन्ता तथा राजनीतिज्ञ सुरेन्द्र ढकालद्धारा सामाजिक विकासका गतिविधि सञ्चालन गर्न स्थापना गरिएको प्रतिष्ठानले विद्यालयका जेहेन्दार बालबालिकाहरूका लागि एक लाख रुपैयाँ बराबरीको विद्यालय पोसाक वितरण गरेको छ ।
आगामी वर्षहरूमा आफ्नो क्षमताअनुसार विद्यालयलाई आवश्यक अन्य सहयोग गर्दै जाने प्रतिष्ठानले प्रतिबद्धता व्यक्त गरेको छ ।
सुरेन्द्र ढकाल प्रतिष्ठानबाट विपन्न समुदायका बालबालिकालाई विद्यालय पोसाकको सहयोग हुँदा यसले बालबालिका तथा उनीहरूका अभिभावकहरूलाई केही राहत मिलेको छ । यसले अभिभावकहरूको विद्यालयप्रति सकारात्मक सोचको विकास हुने र जसले गर्दा विद्यालय तथा अभिभावकबीचको सम्बन्ध गाढा हुने विश्वास गरिएको छ ।

प्रतिष्ठानसँग सहकार्यलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले उच्च मूल्यांकन गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वि.सं. २०५१ सालमा समाजसेवी श्यामलाल तण्डुकारबाट स्थापना भएको यस विद्यालयमा अहिले बालकक्षादेखि ८ कक्षासम्म अध्ययन अध्यापन हँदै आएको छ । विद्यालयले गरिब, पिछडिएका र श्रमजीवी परिवारका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिदै आइरहेको छ । हाल विद्यालयमा १३० जना बालबालिकाहरू अध्ययनरत छन् ।

स्थापनाकाल देखिनै थुप्रै उतारचढावबीच अगाडि बढिरहेको यो विद्यालय काठमाडौं महानगरपालिका कार्यालय शिक्षा विभाग र आफ्नै स्रोत र साधनबाट सञ्चालित छ । हाल यस विद्यालयमा शिक्षकको कूल संख्या १२ जना र २ जना कार्यालय सहायक कार्यरत छन् । त्यसमध्ये ८ जना शिक्षिका रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज