आजदेखि एसईई परीक्षा,५ लाख विद्यार्थी सहभागि हुँदै

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजबाट शुरु भएको छ । परीक्षा सञ्चालनका लागि मुलुकभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षामा हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी सम्मिलित हुँदै छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज