हाम्रो सामाजिक सक्रियता:रत्नराज्य माध्यामिक विद्यालय तथा सुरेन्द्र ढकाल प्रतिष्ठानबीच सहकार्यको शुभारम्भ 

काठमाडौं/ काठमाडौं महानगरपालिका १० मध्यबानेश्वरमा रहेको  रत्नराज्य माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठानबीच सहकार्य शुरु भएको छ । 

वि.सं. २०१८ सालमा भएको यो विद्यालयमा बालकक्षादेखि १२ कक्षासम्म अध्ययन अध्यापन हुँदै आइरहेको छ । श्रमजीवी र मध्यम वर्गीय परिवारका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा हाल २२०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कुल शिक्षक र कर्मचारीको संख्या ५० भन्दा बढी रहेको छ ।

सुरेन्द्र ढकाल प्रतिष्ठानले विद्यालयलाई एक लाख बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानसँग आबद्ध भएको यस विद्यालयले हरेक वर्ष आवश्यकता अनुसारको सहयोगको पाउने प्रतिष्ठानका संस्थापक तथा समाजसेवी सुरेन्द्र ढकालले बताए । विद्यालयको शैक्षिक वातावरणलाई सुधार गर्न विद्यार्थीको समग्र विकासमा जोड दिनु आवश्यक रहेको बताउँदै संस्थापक ढकाल भन्छन्, त्यसैले हामीले विद्यालयलाई खेलकुदका लागि सहयोग गरेका हौ । 

प्रतिष्ठानसँगको सहकार्यलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले उच्च मूल्यांकन गरेको विद्यालयले जनाएको छ । 

स्थापनाकालदेखि थुप्रै उतारचढावबीच गुज्रिरहेको यो विद्यालय काठमाडौं महानगरपालिका कार्यालयको शिक्षा विभाग, समाजसेवीको सहयोग अनि आफ्नै स्रोत र साधनबाट सञ्चालित छ । दस जोड दुई अन्तर्गत यस विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र विषय अध्ययन अध्यापन गराइन्छ । तत्कालीन बडामहारानी रत्नराज्यको नामबाट स्थापित यस विद्यालयमा सुरुवाती दिनमा पण्डित मोदनाथ न्यौपानेले केही विद्यार्थीहरू राखी अध्यापनको काम गरेका थिए भने तत्कालीन प्रधानाध्यापक पद्मसिंह कार्कीको कार्यकालमा यस विद्यालयले माध्यामिक तहको अध्ययन अध्यापन सुरु गरेको थियो । 

विद्यालयको आवश्यकता क्षमताअनुरूप विद्यालय भवन निर्माण र विस्तार हँदै गइरहेको छ भने विद्यालयलाई भौतिक सुविधा सम्पन्न गराउने कार्य निरन्तर रुपमा हुँदै आइरहेको छ । अहिले यो विद्यालयले अंग्रेजी माध्यमबाट बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आइरहेको छ ।

गुणस्तरीय शिक्षासँगै यो विद्यालयले विद्यार्थीको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरेको छ । विद्यालयमा प्राथमिक उपचारको सुविधा रहेको छ भने अक्षयकोषको स्थापना मार्फत विद्यार्थी कल्याण क्रियाकलाप, विद्यालय पोसाकको व्यवस्था, विद्यार्थी र शिक्षकलाई पुरस्कारको लगायतको व्यवस्था गरिएको छ । त्यसको अतिरिक्त कम्प्युटर शिक्षा र योग साधना शिक्षा पनि विद्यालय प्रदान गर्न सुरु गरेको छ ।

विद्यालयको आफ्नै व्यवस्थित पुस्तकालय रहेको छ भने विद्यालयमा गठन भएको सिस्टर क्लबमार्फत विद्यालयले छात्राहरूलाई स्यानिटरी प्याडको पनि व्यवस्था गर्ने गरिएको छ । विद्यालयमा हरियाली प्रवर्द्धन गर्न इको क्लब गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज