काठमाडौं / कामनपा वडा नं. ३१ मा रहेको भीमसेनगोला माध्यामिक विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठानबीच सहकार्यको थालनी भएको छ । यो सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । वि.सं. २०२२ सालमा स्थापना भएको यो विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका गर्न यस क्षेत्रका अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रदेश र संघीय प्रतिनिधिहरूको महत्वपूर्ण योगदान रहँदै आइरहेको छ ।
हाल यस विद्यालयमा बालविकास कक्षा देखि कक्षा दशसम्म अध्ययन अध्यापन गराइन्छ । विद्यालयमा ३४० विद्यार्थीको अध्ययनरत छन् । हाल यस विद्यालयमा शिक्षक, कर्मचारी तथा सहयोगी गरि २५ जना जनशक्ति कार्यरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि संघीय सासंद प्रकाशमान सिंहकी धर्मपत्नी सृजना सिंहको पहलमा यस विद्यालयमा अध्ययनरत बालविकास कक्षा देखि कक्षा ६ सम्मका छात्रछात्राहरूलाई Global Cooperation For Development China Foundation For Rural Development ललितपुरको सहयोगमा नियमित दिवा खाजाको कार्यक्रम सञ्चालन भइरहेको छ ।
वि स २०७९ साल देखि सुरेन्द्र ढकाल प्रतिष्ठानले यो विद्यालयलाई एक लाख रुपैयाँ बराबरको स्टिलको दराज र कार्यालय टेबल लगायतका फर्निचर सहयोगस्वरूप उपलब्ध गराएको छ । विद्यालय प्रतिष्ठानसँग आवद्द भएकोले आगामी शैक्षिक सत्रको लागि पनि विद्यालय र प्रतिष्ठानबीच सहकार्यलाई निरन्तरता दिइने संस्थापक सुरेन्द्र ढकालले बताए ।
सुरेन्द्र ढकाल प्रतिष्ठानसँग सहकार्य भई विद्यालयको भौतिक अवस्थामा क्रमश सुधार आउने भएको कारण प्रतिष्ठानसँग सहकार्यलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले उच्च मूल्यांकन गरेको छ ।