नयाँ बन्ने सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने गृहमन्त्री खाँणको दाबी  

काठमाडौं /नयाँ बन्ने सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पुरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् ।

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए ।

गृहमन्त्री खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद दिँदै एकै चरणमा निर्वाचनसम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको दावी गरे ।

‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो, उनले भने,  निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो ।

निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताउँदै मन्त्री खाँडले राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामूहिक प्रयत्न गर्ने बताए । शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ, खाँडको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज