समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना सम्पन्न, एमाले पहिलो स्थानमा

काठमाडौं /समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत अहिलेसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना सम्पन्न भएको छ । विहिबार साँझ ७ः३० बजेसम्मको गणनामा समानुपातिकतर्फको नेकपा (एमाले) ले २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६० हजार नौ सय ९१ मत प्राप्त गरेको छ ।

आयोगको विवरणानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १६ हजार तीन सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार चार सय ६२, जनता समाजवादी पार्टीले चार लाख २० हजार चार सय ६२, जनमत पार्टीले तीन लाख ९४ हजार दुई सय ९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय ८६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ४८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ७७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४०, हाम्रो नेपाली पार्टीले ५५ हजार पाँच सय ७६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार दुई सय ७४ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ३२ मत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज