प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा

काठमाडौं/ मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार शुक्रबार बिहानसम्म १ करोड ३ लाख ७९ हजार ३८५ मतगणना सकिएको छ।

मतगणनाको पछिल्लो परिणाम अनुसार २७ लाख ७२ हजार ९८५ मत सहित नेकपा एमाले पहिलो स्थानमा रहेको छ भने २६ लाख ४३ हजार २९६ मत पाएको नेपाली कांग्रेस दोस्रो स्थानमा छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत ल्याएर तेस्रो स्थानमा रहेको छ।

११ लाख १९ हजार ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत र जनमत पार्टीले ३ लाख ९४ हजार ३४० मत पाएका छन्।

राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार १८ मत पाएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत पाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज