कांग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी

काठमाडौं/नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दुवै नेताले पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार भोलि बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने छ ।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावकमा डा शेखर कोईराला छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् । संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज