चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौँ / चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उपचारकै क्रममा बुधबार दिउँसो सांघाईमा उनको निधन भएको जनाइएको छ ।

जेमिनको रक्त क्यान्सरका निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको बताइएको छ ।

९६ वर्षका जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । उनीपछि चीनमा हु जिनताओले शासकीय जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज