युद्धमा युक्रेनका १३ हजार सैनिक मारिए

काठमाडौँ /युद्धको क्रममा १३ हजार युक्रेनी सिपाही मारिएको युक्रेनि अधिकारिहरुले बताएकाछन् । किभस्थित सरकारी अधिकारीहरूका अनुसार ९ महिनाको अवधिमा यतिको संख्यामा सुरक्षाकर्मी मारिएका हुन् ।

युक्रेनि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकका अनुसार १२ हजार ५ सयदेखि १३ हजारको बीचमा सुरक्षाकर्मी मारिएका छन् । कतिपय घाइते अवस्थामा रहेका सुरक्षाकर्मीहरूको पनि मृत्यु भएको उनले बताए ।

मृतकको संख्याबारे यसअघि सार्वजनिक भएका तथ्यांकमाथि भने प्रश्न उठेको थियो । गत महिना अमेरिकाका उच्च सैन्य अधिकारीले रुसको आक्रमणबाट युक्रेनमा आफ्ना एक लाखभन्दा बढी सैनिकहरू मारिएको वा घाएते भएको दाबी गरेका थिए । साथै युक्रेनले पनि यस्तै समस्या भोगेको अमेरिकी अधिकारीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज