काठमाडौं / चीनले आतंकवाद विरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषदको बैठकमा आतंकवाद विरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्ने बताए ।
चिनियाँ राजदूतले आतंकवाद विरोधी मुद्दाको राजनीतिकरण, दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतंकवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए । विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषदका सबै आतंकवाद विरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतंकवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए ।