यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने चेतावनी

वासिङ्टन / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने चेतावनी दिएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौं मानिस प्रभावित हुने बताएकी हुन् ।

विश्वका तीन प्रमुख अर्थतन्त्रहरू अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको भनाइ छ । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा यो वर्ष थप कठिन हुने बताइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज