रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी

एजेन्सि/  रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको रुसले दाबी गरेको हो ।

सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ, रुसी रक्षा मन्त्रालयले शुक्रबार एक वक्तव्यमा भनेको छ। युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त शहरमा ‘गम्भीर सङ्घर्ष’ जारी रहेको बताएको छ ।

युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताए। उक्त शहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन् । युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढरहेकोे छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनकि भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज