काठमाडौं/ माइक्रोसफ्टले आफ्ना ५ प्रतिशत जनशक्ति कटौति गर्ने भएको छ। बेलायती समाचार संस्था रोयटर्सका अनुसार माइक्रोसफ्टले ५ प्रतिशत अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्न खोजिरहेको छ ।
बुधबार सार्वजनिक गरिएको सूचना अनुसार मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने उल्लेख गरिएको छ ।
यसअगाडी अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कर्मचारी कटौतीको घोषणा गरेका थिए ।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।