विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ वर्षमा गरे चौथो विवाह

काठमाडौँ /विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ६३ बर्षिया प्रेमिका एन्क फाउरसँग विवाह गरेका छन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ९३ औं जन्मदिनको अवसरमा सानो निजी समारोहमा एड्रिनले विवाह गरेको उल्लेख गरेका छन् ।

एड्रिनको यो चौथो विवाह हो । उनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए ।तर उनीहरू सबैसँग एड्रिनको पारपाचुके भइसकेको छ ।

विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।

एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए। आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज