टर्की र सिरिया भूकम्पमा ३४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं /टर्की र सिरियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । एजेन्सिहरुका अनुसार टर्कीमा मात्र मृत्यु हुनेको संख्या २९ हजार ६०५ पुगेको छ ।

एजेन्सिहरुले सिरियामा मृत्यु हुनेको संख्या चार हजार ५७४ पुगेको उल्लेख गरेका छन् । भूकम्पपछि ६ हजारभन्दा बढी भवन भत्किएको छ । सडक अस्तव्यस्त रहेको र हिमपात भइरहेका कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज