नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ / नागरिक लगानी कोषका का अध्यक्ष सूर्यबहादुर थापाले मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा कोषको लगानी केन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कोषको ३३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष थापाले यस्तो भनाइ राखेका हुन ।

कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नु पर्ने बताउँदै थापाले ‘देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न गरी कोषले कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

बार्षिकोत्सब कार्यक्रममा बोल्दै राजस्व सचिव रामप्रसाद घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि तथ्यांकमा त्रुटि कम भएको बताउँदै कोषले संचालन गरिरहेको अनलाइन प्रणालीले सेवा सञ्चालनमा सहजता आएको बताए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपौयाँ रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज