काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भए पनि चिन्ताजनक अवस्था भने आइनसकेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।
गत वर्ष नेपालको अर्थतन्त्र श्रीलंका जस्तै हुन लाग्यो भनेर जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो बिस्तारै कम हुँदै गएको छ, प्रधानमन्त्री दाहालले भने, हाम्रो अर्थतन्त्रमा समस्याहरु छन। तर हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर सरकारले काम गरिरहेको छ ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै सरकार, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एक भएर अर्थतन्त्र सुधारका लागि लाग्नुपर्नेमा जोड दिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट
सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँदै प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै निर्यातमा सुधार ल्याउन र अर्थतन्त्रलाई उत्साहित बनाउन सरकारले प्राथमिकता दिने बताए ।