प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष राउतबीच भेट

काठमाडौँ /प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

विहिबार भएको भेटघाटमा संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका थिए ।

अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा उठाएको महासचिव चन्दन सिंहले बताए । जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.।राउतले प्रतिक्रिया दिए ।

सिंहका अनुसार दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुुगेका छैनन। थप छलफल गर्ने सहमति भएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज