काठमाडौं /बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई पुनः स्थगन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार सूचना जारी गर्दै आइतबारदेखि ७० अंकभारको नियम लागू गर्ने बताएको थियो ।
तर मुख्यमन्त्री कार्यालयले शुक्रबार मन्त्रालयको उक्त निर्णय तत्काल कार्यन्वयन नर्गन निर्देशन दिएपछि ७० अंकभारको नियम लागु नहुने भएको हो ।
सरकारले चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिका, २०७७ मा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंकभारको नियम लागू सम्बन्धि व्यवस्था गरेको थियो । जसअन्तर्गत ट्रायल परीक्षामा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रावधान छ । हाल शतप्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । यद्यपि, गाडीको हकमा उकालो–ओरालो र ‘एल ब्याक’ तथा मोटरसाइकल–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
सेतका अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले विभिन्न स्वार्थ समूहको चलखेलपछि अंकभारको व्यवस्था कार्यन्वयन गराउन रोकेका हुन् । यो व्यवस्था लागुभएमा अहिलेभन्दा दोब्बरले ट्रायल पास गर्ने र ट्रायल सेन्टरको व्यापार घट्ने भएपछि व्यवसायीहरूले मुख्यमन्त्री पाण्डेलाई प्रभावमा पारि यसको कार्यन्वयन रोक्न लगाएका हुन ।
विगतमा पनि व्यवसायीहरुको प्रभावमा तीनपटक निर्देशिका कार्यान्वयन रोकिएको थियो ।
प्रदेश सरकारले भने तयारी नपुगेकाले निर्देशिका कार्यान्वयन तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।