काठमाडौँ / दार्चुलाको नेपाल-भारत सिमा क्षेत्रमा भारतले महाकाली नदीको धार नेपालतर्फ धकेलेर तटबन्ध निर्माण गरेपछि सिर्जना भएको विवादमा प्रमुख राजनीतिक दलहरूले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
भारतले दुई वर्षदेखि महाकाली नदी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाइरहेको छ । खलङ्गाबाट धार्चुला जोड्ने पुलमुनि पक्की संरचना निर्माण गर्न थालेपछि नेपाली पक्षले आइतबार त्यसको विरोध गर्दै प्रतिवाद गरेका थिए । त्यसपछि भारतीय पक्षले नेपाली नागरिक माथि ढुंगा प्रहार गरेका थिए। ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित चार जना घाइते भएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट निर्माण भइरहेको तटबन्धको विषयलाई लिएर आइतबार दार्चुला जिल्लामा भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । तर पनि भारतीय पक्षले अनधिकृत संरचना निर्माण रोकेको छैन ।
सोमबार सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सोमबार चुनावी समीक्षा गर्न बालुवाटारमा बैठक बसेको थियो तर बैठकपछि जारी संयुक्त विज्ञप्तिमा दार्चुला घटनाबारे केही कुरा उल्लेख छैन ।
बैठकमा केही नेताले दार्चुला घटनाको बारेमा विषय प्रवेश गरेका थिए तर शीर्षस्थ नेताले त्यसलाई महत्व दिएनन् । बैठक पछि जारी विज्ञप्तिमा पनि दार्चुला घटनालाई समेटिएन ।
घटनाको बारेमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताएको छ । घटनाको बारेमा सत्यतथ्य बुझेर त्यसको स्थायी समाधान खोज्न आग्रह गर्दै सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र पनि पठाइसकेको छ । तर सिमा जस्तो संवेदनशिल विषयमा राष्ट्रिय दलहरूबाट देखाइएको यस्तो मौनतालाई गम्भिर रुपमा लिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने भारतीय यो कार्यको विरोध गरेको छ ।
प्रेस वक्तव्य
(द्वीपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय मान्यता विपरीतको तटबन्ध निर्माण कार्य तत्काल बन्द गर !)
भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध निर्माण गरिरहेको कार्यको दार्चुलाका स्थानीयबासीहरूले बिरोध गर्दा भारतीय पक्षले भौतिक आक्रमण गरेको छ । आक्रमणमा चार जना नेपाली घाइते भएको कुरा सञ्चारमाध्यमहरूले बताएका छन् । भारतीय पक्षको यस्तो हैकमवादी कृत्यको नेकपा (माले) कडा बिरोध गर्दछ ।
द्वीपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय मान्यता विपरीत भारतले तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको सम्पूर्ण वहाव नेपाली भूमितर्फ हुने गरी निर्माण भइरहेको तटबन्धले दार्चुलाको सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने देखिएको बेलामा पनि यो देउवा सरकार टुलुटुलु तमासा हेरेर बसिरहेको छ । यसप्रति तीब्र रोष प्रकट गर्दै अविलम्ब प्रभावकारी कदम चालेर सरकारले उक्त तटबन्ध निर्माण कार्यलाई तत्काल रोकोस् भनी हामी जोडदार माग गर्दछौं ।
यस लम्पसारवादी तथा ‘कम्फर्टेबल’ सरकारको निरीहता र भारतको अतिक्रमणकारी हैकमवादी कार्यको बिरुद्ध समस्त नेपाली देशभक्त शक्ति र व्यक्तिहरू समक्ष एक भएर उठ्नको निम्ति नेकपा (माले) जोडदार आह्वान गर्दछ ।
सीपी मैनाली
महासचिव, नेकपा (माले)
मिति :- २०७९ मंसिर १९ गते, काठमाण्डौ ।
tadalafil generic cialis
सिमा क्षेत्रमा भारतीय दादागिरी, प्रमुख दलहरु मौन | Greater News