काठमाडौँ /महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले निर्माण गरिरहेको तटबन्ध लगायतका अनधिकृत पक्की संरचना बनाएको विषयमा मंगलबार दिउँसो नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई कूटनीतिक नोट पठाएको पुष्टि गरिन।
कूटनीतिक नोटमा नेपालको सहमतिबिना तटबन्ध लगायतका संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।