काठमाडौं/ बाढीका कारण बन्द भएको आयोजना पुननिर्माण भएसँगै काठमाडौं उपत्यकामा आज (शुक्रबार) देखि मेलम्चीको पानी वितरण हुने भएको छ । खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागेको जनाएको छ ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने छ । शुक्रबार बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइने बताइएको छ ।
प्रवत्ता राइका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।
वि.सं. २०७८ असार १ गते आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएपछि मेलम्चि आयोजना अन्योलमा थियो ।