काठमाडौं/ संघीय संसदका महासचिव डा. भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको भनि दिएको पत्रका सम्बन्धमा सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफ लेखी पठाएका छन् । आज आइतबार पत्रको जवाफ दिँदै गौतमले पत्रको जवाफ संवैधानिक इजालासमा नै पठाउने बताएका छन् ।
गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले सोधेका प्रश्नको आइतबार जावफ लेखेका हुन् । पत्रमा उनले लेखका छन्, ‘सोही विषयमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेकाले पूर्ण इजलासको प्रश्नको रेस्पोन्स गरेको छु । यसको जवाफ कारण देखाऊ आदेशको जवाफसँगै दिने तयारीमा छु ।’